काठमाण्डौ/ ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आट्र्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात चलचित्र ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य शोसहित चलचित्र प्रदर्शन भइरहेको छ। लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्र झैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ।

निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठूलो सफलता रहेको बताए। ‘हाम्रो चलचित्रले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको  छ। म लगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौँ’, निर्देशक भट्टराईले भने । उनी निर्देशक ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरिसकेको छ।

Mahajatra Hall Visit 1क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा २ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १, दरबारमार्गमा रहेको राइजिङ मल क्युएफएक्समा १ शो दिएको छ। क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगञ्जमा १ शो, वुटवलमा १ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा १ शो, इटहरीमा १ शो दिएको छ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा २ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा १ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ३ शो र कालिमाटीमा १ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा १ शो, बानेश्वरमा रहेको आइएनआईमा १ शो र बुटवलमा रहेको आइएनआइमा १ शो दिएको छ।

Rabindra Pardeep and Max with Jit Ruwaliयस्तै, चितवनमा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको मिडटाउनमा १ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा १ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा १ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा १ शो लगायत विभिन्न हलमा प्रदर्शनरत छ।

नेपालमा षट्कोण आट्र्सबाट निर्मित अघिल्ला चलचित्रको रेकर्ड तोडेको चलचित्र  ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ। अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामाको सिड्नीमा मात्र चलचित्रको ३५ शो भईसकेको छ। यो अहिलेसम्म कुनै नेपाली चलचित्रको भएको शो संख्यामा निकै उच्च छ। सो सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए।

Hall Visit 2चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ। 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हन्। षट्कोण आट्र्सले वि.सं.२०८२को दशैँमा नयाँ चलचित्र दर्शक माँझ ल्याउने घोषणा समेत गरिसकेको छ।