मोरङ । प्रदेश–१ को मुख्यन्यायाधिवक्तामा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा बुधबार प्रदेश प्रमुख पशुराम खापुङले झापा निवासी आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको काननी सल्लाहकार हो । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्य झापा बारका पूर्व अध्यक्ष हुन् ।