सुनसरी/ सुनसरी जिल्ला भलिबल संघको एघारौं साधारण सभाले ढुण्डिराज गुरागाइँको अध्यक्षता १३सदस्यीय कार्यसमिति चयन गरेको छ। शनिबार भएको साधारण सभाले गुरागाँईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ, महासचिवमा माधब सापकोटा, कोषाध्यक्षमा नविन श्रेष्ठ र सदस्यहरुमा सबुरलाल चौधरी, अमन बस्नेत, देबेन्द्र गुरुङ, बुद्धि बहादुर कट्वाल लगायत हुनुहुन्छ।

sadharan sabhaयसअघि कार्यबाहक अध्यक्षको भूमिकामा रहनुभएका गुरागाइँको अध्यक्षता र जिल्ला खेलकुद समिति सुनसरीका अध्यक्ष दिपक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनसरीका पुर्ब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, कोच, रेफ्री, खेलाडी, खेलप्रेमीको उल्लेख्य सहभागिता थियो।

सुनसरीका बिभिन्न स्थानीय निकायबाट प्रतिनिधित्व गर्दै १३ सदस्यीय पूर्ण कमिटी बनेको भन्दै प्रमुख अतिथिले प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। 

नव निर्वाचित अध्यक्ष ढुण्डिराज गुरागाइँले अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै आगामी रणनीति र कार्यक्रमका लागि वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने प्रतिबद्दता जनाउनु भएको छ।