इटहरी / ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा इटहरी उपमहानगरपालिकाले सहकारी दिवस मनाएको छ। उपमहानगरपालिकाले बहुउद्देश्यीय सहकारी सस्थाको भवनमा कार्यक्रम गर्दै सहकारी दिवस मनाएको हो ।

इटहरीका सहकारीका समस्या समाधान गर्ने गरि आगाडी बढदै गर्दा, पहिलो पटक इटहरीमा सहकरी दिवस उपमहानगरपालिकाले मनाएकोे हो ।

सो अवसरमा उत्कृष्ट कारोबार गरि उत्पादनमुलक क्षेत्रमा पुजीलाई प्रवाह गर्दै आएका २ सहकारीलाई सम्मान गरिएको छ। इटहरी ५ मा रहेको सहकारी जुन तारा बचत तथा ऋण सहकारी सस्था र इटहरी ६ मा रहेको अबिरल बचत तथा ऋण सहकारी सस्थालाई सम्मानित गरेको हो ।

स्थानीय सरकारलाई निति नियम बनाउने अधिकार रहेको र  २ वर्षको अवधिमा सहकारीको व्यस्थापन गर्न समय खर्चेको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।  

कार्यक्रमको अध्यक्षता  इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम चारित्र मेहताले गर्नु भएको थियो भने, प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल रहनु भएको थियो।

अतिथीहरु इटहरी उपमहानगरपालिका वडा १ का वडा अध्यक्ष कैलाश कार्की, वडा ६ का वडाअध्यक्ष दिवस पोखरेल, वडा १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यलगायत जिल्ला सहकारी सघका अध्यक्ष गगां प्रसाद दाहाल, इटहरीमा रहेर संचालित सहकारीका पदाधिकारी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।

यस वर्षको राष्ट्रिय नारा  ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मुल नारा रहेको छ।