काठमाडौं / सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ। 

वैवाहिक बलात्कारको आरोप लागेका उनलाई बुधबार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

आरतीले श्रीमान्विरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।

उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमान्विरुद्ध जाहेरी दिएकी थिइन्। काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन्। सोही मुद्दाको सुनुवाइमा सर्वोच्चले गिरीलाई थुनामा पठाउन आदेश दिएको हाे।