इलाम / नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।