इटहरी / इटहरीस्थित ओसीयन पार्कमा शुक्रवार नेपालका चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति रहने भएको छ । 

नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै गोले वंश उत्थान समाजको सहयोगार्थ आयोजित वृहत् सांस्कृतिक कार्यक्रममा गायक राजेश पायल राईको विशेष प्रस्तुति रहने भएको हो । गायक राई सँगै कार्यक्रममा अन्तर्राष्ट्रिय टुङनाबादक छेवान तेन्जिङ, लोकप्रिय गायिका अपेक्षा तामाङ, लोकदोहोरी गायिका गङ्गा गौतमलगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तामाङ समुदायको भाषा, भेष भुस्सा, कला र संस्कृतिको जगेर्ना सँगै प्रवर्दनकालागि सो कार्यक्रम आयोजना गरिएको ओसीयन पार्कका सञ्चालक डम्बर तामाङले बताए । आउन लागेको नयाँ वर्ष २०८१लाई स्वागत गर्दै गोले वंश उत्थान समाजलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकाे जनाइएको छ । 

पर्यटकीय स्थल ओसियन पार्कमा हुने कार्यक्रममा २ हजार भन्दा बढी आगन्तुकहरूकाे उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरू सँगै स्थानिय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुती रहने जनाइएकाे छ । कार्यक्रम सँगसँगै गोले वंश उत्थान समाजलाई सहयोग जुटाउन टिकट दर न्यूनतम रु ३०० र अधिकतम रु १ हजार तोकिएको छ ।