धनकुटा / इलाका प्रहरी कार्यालय भेडेटारले सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनकुटामा  ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान धमाधम संचालन गरिएको छ ।   

अभियान अन्तरगत  जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्कीले जानकारी दिए । साँगुरीगढी गाउँपालिका भेडेटारको  १० वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने  ५ वटा वडामा  प्रहरीले सचेतना बोर्ड राखेका छन् ।

भेडेटार पर्यटकिय क्षेत्र भएका कारण पनि भिडभाड हुने गरेका दुर्घटना न्यूनिकरणका लागी सडक प्रयोगकर्ताहरु आफै सचेत हुनुपर्ने पनि उनले बताए । 

दुुर्घटना न्यूनिकरणका लागी अभियानलाई तिब्रता दिंइदै लगेको  बताउदै कार्कीले  यसलाई सफल बनाउन सवारी चालकसँगै यात्रुहरु पनि आफै सचेत हुुनुपर्ने बताए । 

दुर्घटना न्यूनिकरणका लागि कार्यालयले मुख्य सडक सहित  घुम्तिहरुमा बिभिन्न सचेतना मुलक बोर्ड राखिंदै आएको उनले बताए । 

 उनले जनप्रतिनिधि र बिभिन्न संघ संस्था समन्वय गर्दै सामुदायिक तथा नीजि विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गरिंदै आएको बताउंदै कार्कीले जसका कारण  स्थानीयसँग प्रहरीको सम्बन्ध राम्रो भएको बताउंछन् । 

लामो समयदेखि प्रहरीमा आबद्ध प्रनानि कार्कीले छोटो समयमा नै भेडेटारको कमाण्ड समालेसँगै उल्लेखनीय काम गरेका छन् । भेडेटारमा कार्यरत  प्रहरी नायव निरीक्षक कार्की गत माघ महिनाको सर्वोत्कृष्ट प्रहरी समेत घोषित भएका थिए ।  

कार्कीले इन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ठुलो परिणामको ६०० केजी गाँजा सहित ओसार पसारमा संलग्न चार जनालाई पक्राउ गरेका थिए । त्यस्तै एम्बुलेन्समा गांजा बरामद गर्नुका साथै अपराध नियन्त्रणमा राम्रो काम गरेको भन्दै कोशी प्रदेश प्रहरीले उनलाई सम्मान गरिसकेको छ ।   उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा रहेका समयमा समेत विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेका थिए ।