इटहरी / आदिवासी जनजातीहरुको विकास र भूमिको संरक्षण विषयक अन्तरक्रियात्मक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

थारु समुदायका व्यक्तिहरुले हासिल गरेका सफलता र आगामी दिनहरुमा आदिवासी कसरी अगाडी बढ्ने र हक हित र अधिकारको सुनिश्चित गर्नका लागि के के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको लाहुनियका केन्द्रिय सचिव भिम राईले बताए । समयमा नै विभिन्न जातीय संस्थाहरुमा नपुगेका कारण आदिवासी जनजातीका पदाधिकारीहरुको  उपस्थित न्यून रहेको देखिन्थ्यो । 

इटहरीका मेयर हेमकर्ण पौडेलले विद्यालयको पोषाक तोक्दै गर्दा आदिवासी जनजातीको पोषाक बारे एकपल्ट पनि नसोचेको भन्दै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेपाल तामाङ्ग युवा घेदुङ सुनसरीका अध्यक्ष प्रदिप तामाङ्गले आपति जनाए । नेपाली पोषाकमा विद्यार्थीहरु विद्यालय गइरहँदा समपूर्ण आदिवासी जनजातीहरुको संस्कार संस्कृति र भेषभुषा लोप हुने भएको हुँदा स्थानीय सरकारले हप्तामा एक दिन आ–आफ्नो जातीय पोषाकमा विद्यालय आउने वातावरण सिर्जना गरिदिनुपर्ने उनको भनाई रहेको थिया । 

नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुनिया) काठमाडौंको आयोजना र आदिवासीहरुको मानव अधिकार प्रतिरक्षक संजाल श्रीग्रामस्थान संरक्षण समिति सुनसरीको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियो ।