झापा / गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखी तलव नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ ।

चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलव सुविधा नपाएको गुनासो गरेका छन् । २ महिना ३ दिन वितिसक्यो, चिया मजदुरले भने – विहान बेलुका छाक टार्न कठिनाई भइसक्यो ।

चिया टिपेको ज्यालाबाट विहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ ।