सुनसरी/ मोफसलमा संघर्षरत गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियोको छायांकन सकिएको छ। पूर्वका बिभिन्न रमणीय ठाउँमा म्युजिक भिडियोको छायांकन गरिएको हो।

केहि समयअघि निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत कहाँ गयौं तिमी बोलको गितको भिडियो छायांकन गरिएको हो। झापा, इटहरी, भेडेटारलगायत आसपासका ठाउमा ग्लोरी मिडियाले छायांकन गरेको हो।

भिडियोमा निकै ब्यस्त नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ भने भिडियोमा रोहित घिमिरेले फिचर गरेका छन्। गीतमा माया बियोग र बिछोड देखाउन खोजिएको छ। गीत दुर्गाप्रसाद कडरियाले लेखेका हुन् भने गितलाई रमेश श्रेष्ठले कम्पोज गरेका छन् भने बिनय केटुले गितलाई एरेन्ज गरेका छन्। कलाकारहरुलाई इटहरी ब्युटी पार्लरले मेकअप गरिदिएको छ। गितको रेकर्डिङ आरोही इन्टरटेनमेन्टमा गरिएको हो भने गितको मिक्सिङ अशोक महर्जनले गरेका हुन्।

इटहरीका कैलाश रेग्मीले निर्देशन गरेको भिडियोमा अनमोल खतिवडा, अश्मिता खतिवडालगायतका कलाकारको अभिनय देख्न सकिन्छ।