इटहरी/ काठमाडौमा रहेर विगत लामो समयदेखि वैदेशिक रोजगारीमा नेपालीहरुलाई सहज ढङ्गले पठाउदै आएको मोभिरा एचआर सर्भिसेज प्रालीको इटहरीमा शाखा सन्चालन भएको छ ।  यहि बैशाख १३ गते नेपाल सरकारबाट शाखाको अनुमति लिए पस्चात इटहरीमा बैशाख २३ गते आइतबारदेखी उद्घाटन गरि सेवा सुरु गरिएको मोभिरा एचआरका प्रवन्ध निर्देशक अनिल राईले बताए ।

यसअघि पनि इटहरीमा मोभिराको कार्यालय थियो । तर, एजेन्टको रुपमा मात्रै रहेको थियो । नेपाल सरकारले एजेन्ट नियुक्तिलाई खारेज गरेपछी मोभिराको इटहरीमा सेवा अवरुद्ध भएको थियो । अहिले सरकारले शाखा संचालन गर्न पाउने व्यवस्था भएपछि इटहरीमा आधिकारिक रुपमा मोभिराको शाखा संचालनमा आएको हो । यो शाखाबाट वैदेशिक रोजगारमा जान चाहने नेपालिलाई सहज, सुलभ र छिटोछरितो तवरले उत्कृष्ट सेवा दिइने शाखा संचालक राईले बताए ।