इटहरी/ नेपाली मोबाइल बजारमा दुई नम्बर बन्ने लक्षका साथ आक्रामक प्रचार शुरु गरेको छ। भर्खरै बजारमा आएको Y12S ब्रान्डको लन्च गर्ने क्रममा भियोले प्रचार अगाडि बढाएको हो।

६.५ इन्चको स्क्रिन रहेको Y12S मोबाइलमा ५ हजार MH को ब्याट्री रहेको छ। १७ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेपनि अग्रिम बुकिङ्ग गर्नेको लागि १ हजार छुट गरिएको छ। भिभो Y12S ले शुरुवाती समयमा १ हजार रुपैँया बराबरको क्यास छुटको व्यवस्था गरेको छ। IMG_9091

२००९ मा स्थापना भएको भिभोले २०११ मा स्मार्टफोन निर्माण गरेको थियो। हाल ३८ वटा देशमा ब्रान्च खोलेको भिभो हाल बिश्वबजारमा ५औं स्थानमा छ।

नेपालको पुर्व क्षेत्रको एरिया सेल्स म्यानेजर निमेष घिमिरेले काठमाण्डौमा मात्र लन्च गर्ने परम्परालाई त्यागेर पुर्वमा नयाँ शुरुवात गरिएको बताउनुभयो। काठमाडौमा केन्द्रीत बजार बिकेन्द्रीकरण भएकोले पुर्वका मुख्य सहरहरूमा नयाँ मोडेल लन्च गरिएको घिमिरेले बताउनुभयो। सोही क्रममा भिभो Y12S इटहरीको इन्टुरिस्ट होटेलमा लन्च कार्यक्रम गरिएको हो। IMG_9097

नेपालको लागि चाइनिज प्रतिनिधि मिस्टर एन डि ले २०१९ को कोरोना महामारी जस्तो बिषम परिस्थितिमा पनि काम गरेको भन्दै धन्यवाद दिनुभयो। आजको यो कार्यक्रम  मार्फत भिभोलाई बिश्वको नम्बर दुई ब्रान्ड बनाउने लक्ष रहेको उहाँले कार्यक्रममा बताउनुभयो।

इटहरीको लागि आधिकारिक डिस्ट्रीब्युटर्स रोहित कार्कीले भिभोले ३ बर्षको दौरानमै आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभएको छ। खुद्रा व्यापारीले मोबाइल व्यापारमा राजदुतको भुमिका खेलेको भन्दै उहाँले धन्यवाद दिनुभयो। अहिले बजारमा चलेका अन्य मोडेल भन्दा भिभोले ग्राहक र व्यापारी दुवैलाई फाइदा पुर्‍याएको उहाँको भनाइ छ।