केराबारी/ मोरङ्गको केराबारी ५मा निर्माणाधिन सडकको अनुगमन गरिएको छ। केराबारी गाउँपालिका प्रमुख, उप–प्रमुखलगायतद्वारा निर्माणाधिन सडकको अनुगमन गरिएको हो।

केराबारी ५ प्रगती चोकदेखि आँपटार सम्म बन्दै गरेको सडकको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग र उपाध्यक्ष मनमाया मगरसहितको टोलीले मंगलबार अनुगमन गरेको छ।

अनुगमनका क्रममा टोलीले सडकको मोटाई, चौडाईका साथै गुणस्तरसमेतको अनुगमन गरेको केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले पूर्वीखबरलाई बताउनुभयो।