इटहरी ६स्थित एकता टोलमा फसेको चितुवाको उद्दार (फोटो र भिडियोसहित)

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ ३०, २०७९

इटहरी/ सुनसरीको इटहरी ६ स्थित एकता टोलमा एकाबिहानै देखि फसेको चितुवाको उद्दार गरिएको छ। एकता टोलका स्वर्गीय लेहरु चौधरीको घरमा फसेको बयस्क चितुवाको कोशी टप्पु बन जन्तु आरक्षबाट खटिएका कर्मचारीले उद्दार गरेका हुन्। IMG_4968

इटहरीमा बिहान सबैरै देखिएको चितुवा मानिसहरुले होहल्ला गर्दै यता र उता लखेटिँदै इटहरी ६स्थित एकता टोलमा आएर स्वर्गिय लेहरु चौधरीको घरको भुईँतलामा फसेको थियो। IMG_4974

पूर्ण बयस्क चितुवा मानव बस्तीमा आएपछि मानिसहरु आतंकित भएका थिए। बाक्लो मानव बस्तीमा चितुवा आएपछि बनका कर्मचारी, शशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना आएर सम्भावित दुर्घटना टार्न भेला भएका थिए। IMG_4973

त्यसपछि नेपाल प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर चितुवाको उद्दार गरेको हो।
हेर्नुस भिडियो :

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved