सुनसरी/ सुनसरीको इटहरीमा गार्मेन्ट एण्ड फेब्रिकेट तालिम शुरु भएको छ। ९सय घण्टाको तालिम इटहरीस्थित सल्मा खातुनको एस के गार्मेन्टमा बुधबार शुरु भएको हो।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको ग्रामिण उद्यम तथा विपे्रषण आयोजनाको आर्थिक सहयोगमा शुरु गरिएको तालिम समृद्दि औधोगिक सिप प्रशिक्षार्थी तालिम अन्तरगत सञ्चालन गरिएको हो।

हेल्विटास नेपालको प्राविधिक सहयोगमा हरेक दिन बिहान १०बजे शुरु भएर ४बजे समापन हुने तालिम असोज २२ गते समापन हुने आयोजक वल्ड वाईड फेब्रिकेट प्रा.लि.ले जनाएको छ। 33333

गरिव तथा बिपन्न वर्गका युवालाई औधोगिक सिप प्रदान गर्दै रोजगार बनाउन तालिम सञ्चालन गरिएको र आयोजना क्षेत्रका १८बर्षदेखि ४०बर्षसम्मका युवालाई तालिम दिईने आयोजकको भनाई छ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीकी सचिव सबिना कोईराला, कोषाध्यक्ष गायत्री कटवाललगायत सहभागी थिए। 333

२०जना सहभागी तालिममा मुख्य प्रशिक्षकको रुपमा चन्द्रा कार्की छन्।

इटहरी १०मा ९बर्ष अगाडी ३हजार २सय रुपैया रुपैँयाबाट सल्मा खातुनले ब्यक्तिगत रुपमा एसके गामेन्ट शुरु गरेकी हुन्। अहिले करिव डेढ करोड रुपैँया बराबरको प्रोपर्टी रहेको गामेन्टमा बच्चा देखि लेडिज जेन्स दुवैका कपडाहरु उत्पादन हुने गरेको छ।