हलिवुड अभिनेता टम ह्याक्ससहित उनकी पत्नीलाई काेराेना भाइरस

  • डेस्क
  • प्रकाशित मिति: फाल्गुन २९, २०७६

काठमाण्डाै / हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित भएका छन्। 

ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे हाे। आफ्नाे ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा काेराेनाकाे सङ्क्रमण देखिएकाे बताए। 

अभिनेता ह्याक्स र विल्सन दुवै ६३ वर्षीय हुन्। एल्भिस प्रेस्लेकाे जीवनमा आधारित फिल्मकाे छायाँकनकाे क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन्।  

'हामीले केही थाकेकाे महसुस गर्‍याैँ, रुघाखाेकी र शरीरकाे केही भाग दुखेकाे महसुस गर्‍याैँ', एकेडेमी अवार्ड विजेता अभिनेताले भने। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved