न्युजडेस्क/ अमेरिकाको टेक्सासमा लुटेरा समूहको गोली प्रहारबाट एक जना नेपाली घाइते भएका छन। ग्यास स्टेशनमा काम गरिरहेका बेला नेपाली युवा उमेश न्यौपानेमाथि लुटेराले गोली हानेका हुन।

गोली प्रहार हुँदा उनको अवस्था गम्भिर रहेको त्यहाँ रहेका अन्य नेपालीले जानकारी दिएका छन। उनको पेटमा गोली लागेको छ।

३ जनाको समूहले उनलाई देख्ने वित्तिकै गोली हानेका थिए। उनको स्थानीय अस्पतालको आइसियुमा उपचार भइरहेको छ।