इटहरी/ इटहरी २ का केशब कार्की र जीवराज रेग्मी छिमेकी छिमेकी हुन्। कार्की र रेग्मीबीच काठको बिषयलाई लिएर सामान्य मनमुटाव थियो।

फागु पूर्णिमाको दिन मादक पदार्थ सेवन गरेर लठ्ठ परेका रेग्मीले आफ्नै घरमा सुतिरहेका करिव ५०बर्षका केशव कार्कीलाई सुँगुर मार्ने भाला(तिखो हतियार) ले घोचेर हत्या गरेका छन्।

हत्यामा संलग्न रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले घटना भएको एक घण्टामा नै स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ। कार्कीको हत्या गरेर भाग्दै गरेका रेग्मीलाई केहि बेरमा नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।

प्रनाउ केसीले पुरानो रिसिईवी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। ‘थप अनुसन्धान गर्दैछौँ बाँकि कुरा पछि खुल्ला’ केसीले भन्नुभयो।

इटहरी २ बेलगाछी घर भएका कार्कीलाई सुतिरहेको अवस्थामा अन्दाजी १ बजेतिर रेग्मीले भाला प्रहार गरेका थिए। घटनामा संलग्न रेग्मी करिव ५५ बर्षका छन्।