केराबारी/ प्रहरीको काम कारबाहीलाई अवरोध पुर्‍याएको भन्दै प्रहरीले केराबारी १०का भवन भन्ने भुवन ठकुरीलाई पक्राउ गरेको छ। प्रहरीले ठकुरीलाई केराबारी ८ आमजुँगीबाट पक्राउ गरेको हो।

नेकपा(एकिकृत समाजबादी) निकटको युवा संघका केराबारी गाउँकमिटि अध्यक्ष समेत रहेका ठकुरीलाई मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गस्थित शशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय केराबारीको टोलीले सोमबार दिउसो नियन्त्रणमा लिएको हो।

यसकारण पक्राउ परे ठकुरी
सोमबार बिहान १०ः३० तिर स्थानीय खदम खोलामा अबैध उत्खनन् गर्दै गरेको सुचना आएपछि स्थानीय प्रहरी उत्खनन् गर्दै गरेको स्थानमा पुगेको थियो। प्रहरी पुगेपछि ठकुरीलाई प्रहरीले सम्झाईबुझाई गर्दा जथाभावी गालीगलौच गर्दै ठकुरी त्यहाँबाट हिँडेका थिए।

प्रहरीले भुवनलाई सम्झाउने क्रममा उनीसँग प्रहरीको ठेलाठेल सम्म भएको थियो। आफ्नो केहि नलाग्ने भएपछि ठकुरी त्यहाँबाट हिडेका थिए। उत्खनन् गर्दै गरेको स्थानमा जेसीभी र ट्रिपर छोडेर हिँडेपछि प्रहरीले लामो समय लगाएर जेसीभी र ट्रिपरलाई आँमजुँगी हुँदै प्रहरी कार्यालय तर्फ लान लागेको थियो। त्यसपछि प्रहरीले आफ्ना जेसीभी र ट्रिपर लान लागेको थाहा पाएपछि अवरोध गर्न आएका ठकुरीले प्रहरीलाई हातपात पनि गरेको मोरङ्ग प्रहरीले जनाएको छ।

यसरी प्रहरीलाई कामकाजमा अवरोध पुर्‍याएको एवं हातपात गरेको आरोपमा प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिएको हो।

जति नै गहिरो भएपनि खन्न छोडिँदैन खदम खोला
डेढ दशक अघिसम्म एक लेभलमा रहेको खदम खोला अहिले कम्तिमा २५ मिटर सम्म खनिएको छ। अत्याधिक खनिएका कारण स्थानीयबासीका खेतहरु मरभूमीमा परिणत हुँदै गर्दा पनि खोला खन्ने क्रम रोकिएको छैन।

अत्याधिक खनिएका कारण स्थानीय पैनिहरुबाट पानि खेतिसम्म पुर्‍याउन कृषकलाई सकस परिरहेको छ तर पनि त्यसको वेवास्ता गर्दै उत्खनन्को क्रम रोकिएको छैन।

के कति उत्खनन् गर्ने सोको आवश्यक रेखदेख नहुँदा ठेकेदारहरुले मनोमानी रुपमा अहिले पनि मनोमानी रुपमा गिट्टि वालुवाको चरम दोहन गरिरहेका छन्। अहिले पनि इटहरी कै आर वन कन्ट्रक्सनले गतबर्षको भन्दा करिव १०करोड कममा ठेक्का लिएर खोला उत्खनन् गरिरहेको छ।