धरान/ सुनसरीको धरान–२० स्वाँरा बिष्णुपादुकामा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि रोनाल फुटबल क्लवले हात पारेको छ। बिहिबार सम्पन्न प्रथम पञ्चकन्या कप फुटबल प्रतियोगिताको उपाधि रोनाल फुटबल क्वल धरानले उचालेको हो।

swara2

फाल्गुन २४गते देखि पञ्चकन्या स्पोर्टिङ क्लबले सञ्चालन गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजक पञ्चकन्या स्पोर्टिङ क्लब र रोनाल फुटबल क्लब धरानबीच खेल भएको थियो। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरि रोनाल फुटबल क्लब धरान बिजयी भएको हो। बिजेता बनेको रोनालले १ लाख १रुपैयाँ सहितको उपाधी हात पारेको हो। उपबिजेतामा चित्त बुझाएको आयोजकले ५० हजार १ रुपैयाँ प्राप्त गरेको छ।

swara3

यसैगरी प्रतियोगिताको म्यान अफ दि म्याच आयोजक टिमका यमन चेम्जोङ भएभने प्रतियोगिताका बेष्ट प्लेयर आयोजक टिमकै निश्चल श्रेष्ठ भएका छन्। यसैगरी रोनाल फुटबल क्लवका रमेश राजबंशी बेष्ट डिफेन्स घोषित हुँदा रोनालकै सुजन राई बेष्ट गोलकिपर घोषित भए। यस्तै आयोजक टिमका निराजन राई उदयिमान खेलाडी घोषित भए भने भालुढुंगा फुटबल क्लबका संगम मगर हाई स्कोरर भएभने बेस्ट कोचको उपाधी दिवस राईले प्राप्त गरेका छन्। बिजेता र उपबिजेता क्लबका साथै उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले आगामी दिनमा खेल मैदानमा बजेट पार्न सकेसम्म प्रयास गर्ने बताउनुभयो। प्रतियोगितामा १२वटा क्लबहरुको सहभागीता रहेको क्लबका अध्यक्ष प्रकाश राईले जानकारी दिनुभएको छ।