केराबारी/ मोरङ्गको केराबारीमा ब्युटिसियन तालिम शुरु भएको छ। केराबारी गाउँपालिकाको आयोजनामा बिहिबारदेखि तालिम शुरु भएको हो।
अपाङ्गता भएका महिला वा तिनका परिवारका महिला सदस्यहरुलाई लक्षित गरेर लेभल १ को ५६दिने ब्युटिसियन तालिम शुरु गएिको केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले जानकारी दिनुभयो।
यस्ता तालिमको माध्यमले अपाङ्गता भएका परिवारहरुलाई व्यवसायिक बनाउदै जीविकोपार्जनमा थप सहज बनाउने अपेक्षा लिइएको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले बताउनुभयो।