केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८२ करोड ६५लाख ९१हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ। बिहिबार शुरु भएर शुक्रबार सकिएको केराबारी गाउँपालिका गाउँसभाको दशौँ अधिबेशनमा बजेट प्रस्तुत गरिएको हो। IMG_5078

गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरको अध्यक्षतामा भएको दशौँ गाउँसभामा उपाध्यक्ष मनमाया मगरले १ सय ८बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। IMG_5094

उपाध्यक्ष मगरले प्रस्तुत गर्नुभएको बजेट अनुसार पूर्वाधार बिकासतर्फ बहुबर्षीय योजना सञ्चालनका लागि ७ करोड २०लाख रुपैँया, समपुरक योजना सञ्चालन गर्न २करोड २९लाख, तराई मधेस समृद्दि योजना कार्यक्रमका लागि ६लाख ८०हजार, क्रमागत योजना सञ्चालन गर्न २करोड २०लाख ४०हजार र अन्य योजना सञ्चालन गर्न ६करोड ४८लाख रुपैँया बिनियोजन गरिएको छ। यस्तै सामाजिक बिकास तर्फ ५करोड ११लाख, आर्थिक बिकास तर्फ २करोड ६९लाख रुपैँया, शुसासन तथा अन्तरसम्बन्धतर्फ १करोड ७२लाख ७५हजार रुपैँया बिनियोजन गरिएको छ।

दशौं गाउँसभामा पेश गरिएका नीति तथा कार्यक्रममा भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधान, समान न्यायको पक्षपोषण, सबै प्रकारका भेदभाव र अन्यायको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धिको नीति जस्ता बुँदा समावेश छन्। IMG_5068

त्यस्तै केराबारी गाउँपालिकालाई प्रविधिमैत्री र प्रविधियुक्त कार्यालय स्थापनामा जोड दिँदै डिजिटलाइज कार्यक्रमहरु समावेश गर्ने यस्तै पूर्वाधार बिकासका लागि २० लाख सम्मका योजनाहरु उपभोक्ताको लागत सहभागिता रहने गरी सञ्चालन गरिने, उपभोक्ताहरुको योजना सञ्चालन गर्दा योजना सञ्चालन गर्ने क्षेत्रका लिखित मञ्जुरीनामा वडामार्फत गराएर बुझाईसकेपछि मात्र योजना सम्झौता गर्ने नीति अवलम्बन गरिएको छ। IMG_5070

यसैगरी बैकल्पिक उर्जालाई प्रोत्साहित गर्दै ग्रामिण बिद्युतीकरण गर्ने र सडकमा सौर्यवत्ति जडानलाई निरन्तरता दिने, गाउँपालिकाको सबै वडामा सञ्चार सुविधा पुर्‍याउन टेलिफोन टावरहरु निर्माण देखि स्वच्छ खानेपानीको पहुँचमा अभिवृद्धि गर्ने एवं सुरक्षा पोष्टहरु खडा गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक व्यवस्था गरिनेलगायतका कार्यक्रम समेटिएका छन्।