लागुऔषधसहित केराबारी ८बाट दुईजना पक्राउ

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण ११, २०७९

केराबारी/ लागुऔषधसहित केराबारी ८ बाट दुईजना पक्राउ परेका छन्। उनिहरुलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय केराबारीले नियमित चेकजाँचका क्रममा सोमबार साँझ केराबारी ८का मिन बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो। पैदल हिँडिरहेका २०बर्षीय बस्नेतलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो।

मिनबहादुरलाई सोधपुक्ष गर्दा आँफुले केराबारी ८कै इभेन सुब्बाबाट लागुऔषध लिएको बताएपछि सुब्बालाई पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। ३५बर्षीय सुब्बालाई पनि केराबारी ८बाटै नियन्त्रणमा लिएको प्रहरीको भनामई छ।

उनिहरुको साथबाट प्रहरीले डाईजिल्याव १०पिस, एभिल १२पिस, नरफिन ६पिस र फेनारगन ५पिस गरेर ३३पिस लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी पठाएको केराबारी प्रहरीले जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved