९ वर्षीया छोरी लिएर केराबारी ८ की एक महिला बेपत्ता

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ १२, २०७९

केराबारी/ मोरङको केराबारी ८ शान्तिटोलकी एकजना महिला ९बर्षीया छोरीसहित वेपत्ता भएकी छन्। २८बर्षीया रिता चापागाईं फुयाल बेपत्ता भएकी हुन्।

गत साउन ३ गते दिउँसो ३ बजे फुयालले ९वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने मंगलबारे बजारमा सामान किन्न भनेर हिडेर नफर्किएकी हुन् ।

उनको खोजीका लागि उनका श्रीमान् सूर्यप्रसाद फुयालले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा निवेदन दिएका छन्। धरान काठमाडौँ रुटमा चल्ने मितेरी बसका स्टाफले दिएको जानकारी अनुसार आफ्नी श्रीमती साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको सूर्यप्रसादले बताएका छन्।

लामो समय विदेशमा श्रम गरेर फुयाल ६महिना अगाडि स्वदेश फर्किएका थिए। घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यहि कारणले घर छोडेको हुन सक्ने बताएका छन्। यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन उनले अपिल गरेका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved