बराहक्षेत्र नगरपालिकामा शुक्रबार नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । सझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना, प्लान  इन्टरनेसनलको सहयोग तथा बराहक्षेत्र नगरपालिकाको साझेदारीमा बराहक्षेत्र नगरपालिकाको सभाहलमा भएको समिति गठन कार्यक्रममा उपमेयर नन्दकुमारी सुनुवारले बराहक्षेत्र नगरपालिकालाई बालमैत्री नगर बनाउने बताउनु भएको छ ।

up1

उपमेयर सुनुवारको संयोजकत्वमा गठन भएको समितिमा शिक्षा शाखा प्रमुख देवेन्द्र बहादुर मल्ल, स्वास्थ शाखा प्रमुख सुलोचना चौधरी, सामाजिक संस्था प्रतिनिधि ओरेक नेपालबाट बिमला घिमिरे, विद्यार्थी तर्फबाट राहेल लिम्बू र दिक्षित न्यौपाने, सामुदायिक विद्यालयको शिक्षकबाट बसन्तऋतु मा.बि.का शिक्षक सुमन बिकल, निजि विद्यालय तर्फबाट सुनसरी गार्डन एकेडमीमा शिक्षक आशिष खतिवडा , इलाका प्रहरी कार्यलय प्रमुख प्रहरी निरीक्षक राजेश दत्त सहित १३ जना सदस्य रहेका छन् ।

up2

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटाैलाको समेत उपस्थिति रहेको थियो ।