सुनसरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीले चार्डपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको हो।

चाडपर्वको समयमा हुनसक्ने आपराधिक कृयाकलाप रोक्न जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व बिशेष सुरक्षा योजना बनाई लागूगरेको सुनसरी प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको छ।

यसका लागि सुनसरी प्रहरीले ७४ ठाउँमा पिकेट स्थापना गर्ने, १६वटा गाडिमार्फत गस्ति गरिने, आकस्मिक रुपमा सुरक्षा प्रदान गर्न ६वटा टोलि रिजर्भ राखिने ढकालले बताउनुभयो। उहाँले ९ स्थानबाट गस्ति गरिने, २८ वटा मोटरसाईकलमार्फत QRT टिम परिचालन हुने तथा ३६ स्थानमा चेक प्वाईन्ट स्थापना गरिने बताउनुभयो। प्रहरी उपरीक्षक ढकालले ४ वटा गाडिमा CRV टोलि परिचालन गर्ने एवं ६वटा टोलिमा सादा पोशाकका प्रहरी परिचालन गरिने बताउनुभयो।

पत्रकार सम्मेलनमा पाकेटमारी, चोरी, Snarching र लुटपाट रोक्न बिशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन गरिएको ढकालले बताउनुभयो। उहाँले सुनचाँदी पसल तथा बैंक वित्तिय संस्थाहरुमा हुने अपराध रोक्नको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो।

यस्तै जुवा, तास, डाईस जस्ता खेलहरु रोक्न निगरानी बढाईएको भन्दै पटकाहरु नियन्त्रणको लागि चेकजाँच बढाईएको एवं सवारी दुर्घटना न्यूनिकरणको लागि ३६ स्थानमा चेकप्वाईन्ट खडा गरी ट्राफिक प्रहरीसहितको सवारी साधनहरु चेकिङ गरिने.प्रहरी प्रमुख ढकालले बताउनुभयो।

यस्तै काला बजारी रोक्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अनुगमन गरिने, जिल्लाको संवेदनशिल स्थानहरुको पहिचान गरी २८वटा मोटरसाईकलबाट.गस्ति गरिने बताउनुभयो।

चाडपर्वमा हुने आपराधिक कृयाकलाप रोक्नको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने, चाडपर्वमा हुनसक्ने तस्करी रोक्न र साना हातहतियार ओसार पसार रोक्न सिमामा खटिएका प्रहरी युनिटहरुलाई व्यापक परिचालन गरिने प्रहरी प्रमुख ढकालले बताउनुभयो।

चाडपर्वमा हुने अपराध रोकेर सुनसरी जिल्लाबासीलाई भयरहित चाडपर्व मनाउने वातावरण बनाउन प्रतिदिन १ हजार १ सय ७ जना प्रहरी परिचालन गरिने ढकालले बताउनुभयो।