उर्लाबारी/ मोरङ्गको उर्लाबारी नगरपालिका ३मा टोल टोलमा स्वास्थ्यकर्मी घर घरमा औषधी अभियान शुरु भएको छ। वडा कार्यालयले बुधबारदेखि यो कार्यक्रम शुरु गरेको हो।

बुधबार शुरु भएको टोल टोलमा स्वास्थ्यकर्मी घर घरमा औषधी अभियान स्थानीय सृजना टोलमा सञ्चालन भएको उर्लाबारी ३का वडाध्यक्ष भिष्म बुढाथोकीले जानकारी गराउनुभयो।

अभियानका क्रममा वडाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु आवश्यक औषधीसहित स्थानीयको घर आँगनमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो। यो अभियान वडाका सबै टोल तथा वस्तिमा निरन्तर रुपमा चल्ने समेत बडाध्यक्ष बुढाथोकीले बताउनुभयो।

यस्तै प्रत्येक महिनाको १९ गते वडा कार्यालयमा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा गर्भवतीहरुको निशुल्क भिडियो एक्सरे समेत गरिने बडाध्यक्ष बुढाथोकीले जानकारी गराउनुभएको छ।