इटहरी/ सुनसरीको इटहरीस्थित नेपाल डिभिएम ग्लोबल स्कुलले सञ्चालन गरेको डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगिताको उपाधि इशा लिम्बु र प्राप्ति पोख्रेलले जितेका छन्। प्रतियोगिता अन्तर्गत नृत्य तर्फ लिम्बु र गायन तर्फ पोख्रेल बिजयी भएका हुन्।

कार्यक्रममा नृत्यतर्फ बिभुति कट्वाल दोस्रो र सुम्निमा लिम्बु तेस्रो भए भने गायनतर्फ शिक्षा पोख्रेल दोस्रो र आयुष्का रेग्मी तेस्रो भईन्। बिद्यार्थीको चौतर्फी बिकासका लागि कार्यक्रम सञ्चालन गरेको स्कुलका प्राचार्य डा.बेणुप्रसाद सिटौलाले बताउनुभयो। Dans star

बिद्यालयले नृत्य र गायनबाहेक पाक शिक्षा, योग शिक्षा, शारीरिक स्फुर्तिका लागि तालिम तथा प्रतियोगिताहरु गर्दै आएको बिद्यालयका सह–प्राचार्य नारायण सुबेदीले जानकारी दिनुभयो।

बैदिक दर्शन र पुर्वीय मूल्य, मान्यतालाई आत्मसाथ गरेको स्कुलमा सनातन देखि चलि आएका सँस्कार सँस्कृतीहरुलाई बालबालिकासम्म पु¥याउने काम गरिँदै आएको प्रबन्ध सञ्चालक राजेश खनालले जानकारी दिनुभयो। three

बङ्गलादेशमा ग्लोबल चेञ्ज मेकर्सको उपाधिसहित पुरष्कृत भएका स्कुलका प्राचार्य डा.बेणुप्रसाद सिटौलालाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। स्कुलका सञ्चालक समिति अध्यक्ष ध्रुवकुमार सुब्बाको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।