टर्की भूकम्प : २२२ घण्टा पछि भग्नावशेषबाट एक महिलाको जीवितै उद्धार

  • पूर्वीखबर
  • प्रकाशित मिति: फाल्गुन ४, २०७९

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीय महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घण्टा पछि उद्धारकर्ता भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए । त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो । 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved