भोजपुर / रेबिज रोग रोकथामका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ मा थालिएको बृहत् खोप अभियानअन्तर्गत २ सय कुकुर र ३० वटा भन्दा बढी बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ ।

टेम्केमैयुङ गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामा टेम्केमैयुङ ९ का २ सय बढी कुकुर र ३० वटा बढी बिरालोलाई रेबिज रोगविरुद्धको खोप चलाइएको हो । 

वडा कार्यालयको लेखर्क ,पान्धारे , हिले , राउते , ओइराङ , हिलेखानी र काभ्रे लगाएत ठाउँका कुकुर र बिरालोलाई खोप लगाइएको हो ।

खोप अभियानलाई आगामी दिन समेत लगाउदै जाने वडा अध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिनुभयो । वडालाई रेबिज मुक्त बनाउन वडा कार्यालय र  गाउँपालिका लागि परेको वडा अध्यक्ष माङ्पाहाङले बताए । 

वडा कार्यालयका विपन्न समुदाय रहेको ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम नहोस भनेर वडा कार्यालयले आयोजना गरेको हो ।

गाउँपालिकाका भेटेरेनरी शाखाका स्वास्थ्यकर्मी बुद्धिराज राई र पप्पु यादव सहित वडा कार्यालयका कर्मचारीकहरूको सहभागीता खोप लगाइको थियो ।

रेबिज खोप टेम्के