इटहरी/ इटहरी उप-महानगरका प्रमुख हेमकर्ण पौडेलले भोलि(बिहिबार)देखि शुरु हुने एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ। इटहरीमा यो बर्ष परिक्षालाई थप व्यवस्थित बनाउन मेयर पौडेलले निर्देशन दिनुभएको हो।

एसईई परीक्षा तयारीका सन्दर्भमा भएको छलफलमा मेयर पौडेलले बिद्यार्थीहरुलाई  चोराएर चोरेर गुणस्तर कायम नहुने भन्दै कडाइ गर्ने निर्देशन दिनुभएको हो। इटहरी क्षेत्रका केन्द्राध्यक्षहरु बोलाएर उप–महानगरका प्रमुख पौडेलले परिक्षा मर्यादित बनाउन निर्देशन दिनुभयो।

oneसो क्रममा परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मेयर पौडेलले चोरेर गुणस्तर कायम हुन नसक्ने  वताउनुभयो। परिक्षालाई आफुहरुले दैनिक अनुगमन गर्ने मेयर पौडेलको भनाई थियो । इटहरीमा १२ वटा परिक्षा केन्द्र तोकिएका छन भने इटहरीमा ३५५६जना विधार्थीले परिक्षा दिदैछन्। 

छलफलमा इटहरीकीउपप्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, शिक्षा तथा खेलकुद शाखाका प्रमुख दोर्ण दाहाललगायतको उपस्थिती थियो।