सुनसरी : सामुदायमा जथाभावी रहेका छाडा कुकुर बाट हुने बिभिन्न रोग र त्रासको समस्या बाट समाजमा लाई मुक्त दिलाउन सुनसरीको झुम्कामा कुकुर ‘बन्ध्याकरण शिविर’ सन्चालन गरिएको छ ।

सामुदायमा छाडा कुकुरको संख्या अत्याधिक भएकाले नियन्त्रणका लागि रामधुनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले शनिबारदेखि मंगलबारसम्म झुम्कामा शिविर सञ्चालन गरेका हो ।

कुकुर नियन्त्रणका लागी गरिएको सिविरमा रामधुनी नगरपालिकामा २ सय २५ ओटा कुकुरको बन्ध्याकरण गरिएको पशु सेवा साखाका पराजुलीले बताए।

नगरपालिकाको ३ लाख र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाको १ लाख ५० हजार लागतमा शिविर सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका पशु स्वास्थ्य प्राबिधिक दुर्गा प्रसाद पराजुलीले जानकारी दिए । शिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोग रहेको थियो ।

समुदायमा छाडा कुकुरका कारण रेबिज बढ्ने, मान्छेलाई हिडडुल गर्नै समस्या हुने, सवारीसाधन दुर्घटना हुने लगायत समस्या बढ्दो छ । त्यसैले कुकुरको प्रजनन्दर घटाएर संख्यामा कमी ल्याउन शिविरले महत्वपूर्ण भूमिका खेल्ने रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरीले बताए ।

सिविरमा शल्यक्रिया गरेर पशु चिकित्सकहरुले कुकुर बन्ध्याकरण गरेका थिए । पछिल्लो समय सामुदायमा छाडा कुकुर नियन्त्रणका लागि विष सेवन गराएर र कुटेरसमेत मार्ने गरेको पाइन्छ । कुकुरलाई विष सेवन गराएर वा कुटेर मार्न नहुने बैग्यानिक ढंगले कुकुरको ब्यवस्थापन गर्न सिबिर आयोजना गरिएको रामधुनी नगरपालिकाका उप प्रमुख तारा थापाले बताइन ।

सिविरमा रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल प्राबिधिक,  नगरपालिकाका कर्मचारी , वडा नं ३ का अध्यक्ष बुद्धनारायण चौधरी , क्लबका प्रतिनिधि , समाजसेवी, बुद्धिजीवी स्थानीय लगाएतको सहभागीता रहेको थियोे ।