इटहरी/ इटहरीमा सञ्चालनमा रहेको नेपाली जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहार इटहरीका धर्म सापकोटाले जित्नुभएको छ। होली पर्वको अवसर पारेर उपभोक्ताका लागि बिग सेल विग अफरमा बम्पर उपहार घोषणा गरेको नेपाली जुत्ता चप्पल बिक्रि केन्द्रले लक्की ड्र गरी उपहार वितरण गरेको हो। 

बिक्रि केन्द्रमा उपभोक्ताले खरिद गरेका जुत्ता चप्पलको रसिदहरुको आधारमा मंगलबार लक्की ड्र गर्दा बम्पर उपहार इटहरी वडा नम्बर १७ का धर्म सापकोटालाई परेको हो। बम्पर उपहार प्राप्त गरेका सापकोटालाई नेपाली जुत्ता चप्पल बिक्री केन्द्रले बुधबार(आज) ५५ लिटरको एयर कुलर प्रदान गरेको हो। 

बिक्री केन्द्रका व्यवस्थापक चक्र बिष्टले सापकोटालाई कुलर हस्तान्तरण गर्नुभएको छ।  लक्की ड्र मार्फत अन्य ३ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको व्यवस्थापक चक्र विष्टले जानकारी दिनुभयो।

सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा इटहरी ५ कि सृजना मगर, इटहरी ६का अर्जुन संग्रौला र रामधुनी ६ का विष्णु खड्का हुनुहुन्छ। बम्पर उपहार जित्दा खुसी लागेको विजेता सापकोटाले बताउनुभयो। आउनै लागेको नयाँ बर्ष २०८१ आफ्नो लागि सुखद रहने संकेतको रुपमा लिएको उहाँले बताउनुभयो।


इटहरी पश्चिम लाईनमा रहेको सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका विभिन्न मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ। एकै ठाउँमा सस्तो मुल्यमा विभिन्न मोडलका जुत्ता चप्पल खरिद गर्न सकिने कम्पनिले जनाएको छ।