नेपाल आइडल सिजन २ की सेकेन्ड रनर अफ अस्मिता अधिकारीको स्वर रहेको ‘बारुली कम्मर’ बोलको गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

अधिकारी नेपाल आइडल सिजन २ बाट एकाएक चर्चामा आएकी छिन्। गीतको मुख्य भूमिकामा पूजा गिरीले अभिनय गरेकी छिन्।

गीतमा अस्मिता अधिकारीसँगै गायक कमल खत्रीले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत गायक कमल खत्रीको रहेको छ। यस गीतलाई किरण तुलाधरले एरेन्ज गरेका छन्।

विदुर पाण्डे र रामशरण उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन्। गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन्।

हेर्नुहोस् भिडियो :