देशभर निजीस्तरमा बिभिन्न स्कुलहरु सञ्चालनमा छन्। उनिहरु गुणस्तरीय शिक्षा प्रदान गर्न उद्दत छन्। एकाध बाहेक सबैले आफु शिक्षामा अब्बल ठान्छन। यसै शिलशिलामा २०७५ सालमा सञ्चालित एसइइ परिक्षामा इटहरी क्षेत्रमा नै उत्कृष्ट नतिजा ल्याउन सफल कञ्चनजङ्गा सेकेण्डरी बोडिङ स्कुल इटहरीका प्रिन्सिपल हरी आचार्यसँग एसइइ रिजल्ट र अन्य बिषयमा गरिएको कुराकानीको सम्पादित अंश :

# हालै तपाँई नेतृत्वको स्कुलले एसइइमा पाएकोे सफलतालाइ कसरी हेर्नुहुन्छ ?
* यो सफलता स्कुलको मात्र हैन जिम्मेबार अभिभावक मेहेनती र लगनशील बिद्यार्थी, कर्तव्यनिष्ट शिक्षक र हामीप्रति गरिएको बिश्वासका कारण स्कुलले यो सफलता प्राप्त गरेको हो।

# ३७ जना बिद्यार्थीमा A+नौ जना, A २२ जना  र B ग्रेड ५ जना कसरी सम्भव छ ?
* हेर्नुहोस् असम्भव भन्ने केहि छैन, हामीले कक्षा ८ देखि नै बिद्यार्थीलाई बिषेश निगरानीमा राख्दछौँ। एसइइको लागि तयार गराउने तरिका पनि हाम्रो आफ्नै खालको छ। हामी गुणस्तरमा बिश्वास गर्दछौँ। एसइइ तयारीमा कुनै सम्झौता हुँदैन। कक्षा ८, ९ र १० मा कसरी कक्षाहरु चल्दैछन, बिद्यार्थी एसइइको लागि कसरी तयार हुँदैछन म आफै बिशेष रुपमा हेर्छु अनि अभिभावकलाई सल्लाह सुझाव, अनि बिद्यार्थीलाई पनि बिषेश सल्लाहदिने गरेको छु। हामीलाई त लाग्दछ अझ धेरै सम्भावना छ र गर्न सकिन्छ।

# यस्तो रिजल्ट आउँदा कस्तो महसुस गर्दै हुनुहुन्छ ? खुसी हुनुहुन्छ ?
* खुसी त भईहाल्छनी तर यो सँगै चिन्ता पनि हुन्छ। किनकी एउटा ठूलो जिम्मेबारी भरिएको छ। पहाड चढ्नु ठूलो कुरा हैन पहाडको टुप्पोमा कति समयसम्म बस्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। अत आगामी दिनको लागी कार्यक्रमहरु निर्माण गर्दै अझै ब्यवस्थित तरिकाले अगाडी बढ्न खोजी रहेका छौँ। हामीलाई बिश्वास गरेर आ–आफ्ना नानीबाबुहरुबाट सुम्पने अभिभावकहरुको बिश्वासलाई अझ बलियो कसरी बनाउन सकिन्छ भनेर चिन्तित पनि छु।

# कसरी एसइइ तयारी गराउनुहुन्छ भन्न मिल्छ ?
* हैन मिल्दैन नमिल्ने त हैन तर पनि हाम्रो तरिका निकै फरक छ। यो लामो समय पनि हुन्छ। अन्य यति मात्र बुझ्नुहोस त्यहि काम हामी अलिक फरक तरिकाले गर्दछौँ।

# यहाँ पढेर गएका बिद्यार्थीको स्थिति चाहिँ कस्तो छ ?
* अत्यन्त राम्रो छ, हामी एसइइमा जसरी तयारी गर्दछौँ यो तयारीले गर्दा इटहरीका धेरै राम्रा कलेजहरु नाम चलेका (एक वा दुईटाको नाम लिँदा प्रचार गरेको जस्तो हुन्छ, जो हामी चाहदैनौँ) या टप गरिराखेका छन्। अनुभवि छन इमानदार छन त्यसैले हामी खुसी छौ।

# कञ्चनजङ्गा स्कुल अलि कडा छ अनुशासनमा, पढाईमा र म्यानेज्मेन्टमा पनि भन्छन नि के यो सत्य हो ?
* अव कडा केलाई भन्ने, पढाईलाई पढाईजस्तो त बनाउनैपर्छ, अनुशासन बिना पढाई कसरी सम्भव छ ? अनुशासन बिनाको पढाई के औचित्य हुन्छ ? त्यसैले स्वभावैले हामीले गर्नुपर्ने कर्तव्य निर्वाह गरेका छौँ। त्यस्तो तपाईले भन्नेजस्तो कडा पनि छैन् र धेरै सहज पनि छैन। यहाँ पढ्न ढाँट्छु, डुल्छु, गृहकार्य गर्दिन, पढ्दिन जस्ता कुराहरु यहाँ सम्भव छैन्।

# तपाँई कति बर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ ? भविश्यमा कस्तो योजना छ ?
* म करिब १८ बर्षदेखी यस क्षेत्रमा छु। यो स्कुलमा भने १२ बर्ष भयो मैले जिरोदेखी शुरु गरेको हुँ। निकट भविश्यमा यस स्कुलको भवन निर्माण गरेर सुविधा सम्पन्न कक्षा कोठाहरु निर्माण गरी इटहरी क्षेत्रमा मात्र हैन स्कुललाई प्रदेश नम्बर १ कै उत्कृष्ट स्कुलको रुपमा बनाउने लक्ष्य र योजना छ। हामी चाँडै निर्माण कार्य शुरु गर्ने सोचमा छौँ।

# अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
* आज यस स्कुलले पाएको सफलता यहाँहरुकै बिश्वासले हो भन्न चाहान्छु। यस स्कुललाई भौतिक पूर्वाधारहरुले परिवर्तन गर्दै गुणस्तरसँगै हरेक क्षेत्रमा हाम्रा नानीबाबुहरु प्रतिकै सफल सवल र सक्षम बनाउन हामी प्रयासरत छौँ। अत यहाँहरु सबैको साथ र सहयोगको आशा गर्दछौ।
                                                                               

                                                                                 *******************धन्यवाद*************************