काठमाण्डौ / शुक्रबारदेखि नायक आर्यन सिग्देल र नायिका मिरूना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ। दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको निर्माण पक्षले जनाएको छ।

जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने उतारचढावलाई चलचित्रमा देखाइएको छ। साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको चलचित्रमा आर्यन र मिरूनासँगै माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतको अभिनय छ।

रोमान्टिक कमेडी जानरमा तयार भएको चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्। चलचित्रमा सुशन प्रजापतिको छायाँकन छ, भने पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्।

चलचित्रमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, यश्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी छ।