केराबारी/ मोरङ्गको केराबारीमा केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयरको उद्घाटन गरिएको छ। फेयरको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले उद्घाटन गर्नुभएको हो। 2

सोमबार उद्घाटन भएको केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयर मंसिर २४ गते मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ। फेयरमा डाईनामिक ब्याण्ड देखि आनन्द कार्की, तुलसी पराजुली, कालिप्रसाद बास्कोटा, टिका प्रसाँई, आस्था राउत, दिपा लामालगायतले प्रस्तुती दिने आयोजकको भनाई छ। sanam 2

यस्तै केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयरभर केराबारीका पर्यटकीय क्षेत्रहरुको प्रवर्धन गर्न प्याराग्लाईडिङ, साईक्लिङ, हाईकिङ,फोटो तथा चित्रकला कार्यशाला गरिने आयोजकले जनाएको छ। three

केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयरमा स्थानीय जातजातीका खानाका परिकार एवं जातीय नृत्य प्रस्तुत गरिने आयोजक समितिका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो।

अध्यक्ष खत्रीले सोमबार साँझ लोक गायक तुलसी पराजुलीको प्रस्तुती रहेको जनाउँदै मंगलबार गायक आनन्द कार्कीको प्रस्तुती र बुधबार गायिका टिका प्रसाईको प्रस्तुती रहने बताउनुभयो। sanam 4 sanam 5 sanam 6 sanam3 pic

तस्विर सौजन्य : रबिन्द्र निरौला, पूर्णप्रकाश पूर्वछाने मगरसनम तामाङ