इटहरी/ नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ। एमालेको दशौँ महाधिबेसनबाट ओलि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको हो।

मंगलबार बिहानदेखि शुरु भएको मतदान दिउसो सकिएको थियो। मतदान प्रकृया सकिएको केहि समयपछि मतगणना शुरु गरिएको थियो। औपचारिक रुपमा सार्वजनिक गरि नसकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित हुनुभएका केपि शर्मा ओलीले १हजार ८ सय ८ मत प्राप्त गर्नुभएको छ। यस्तै अध्यक्षका प्रत्यासी भिम रावलले २सय १३ मत प्राप्त गर्नुभएको छ।

एमालेको महाधिबेशन प्रतिनिधी २ हजार १ सय ५३ जना रहेकोमा २ हजार ९६ मत खसेको थियो।

केही प्रतिनिधिले गरे दुवै अध्यक्षलाई मत दिन्न भन्ने पक्षमा मत जाहेर
एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केही प्रतिनिधिले दुवै अध्यक्षलाई मत दिन्नँ भन्ने पक्षमा मत जाहेर गरेको पाइएको छ।

निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार ‘नो भोट’ को संख्यालाई घटाएर बाँकी मतमा अध्यक्ष केपी शर्मा ओलीले १८०८ मत प्राप्त गर्नुभएको हो।

पोखरेलका अनुसार ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ७५ कम हुन्छ । ७५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ। विद्यु्तीय मेसिनबाट भएको मतदानमा मत बदरको सम्भावना हुँदैन।