काठमाण्डौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको बिरोध गर्नुभएको छ। बुधबार साँझ सामाजिक सञ्जालमार्फत् पूर्व अध्यक्ष थापाले मनोनयनको बिरोध गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत् फेसबुक मार्फत पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भत्सर्ना गरेको उल्लेख गर्नुभएको छ।

thapa kaji
थापाको स्टाटस

३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने बिधानको व्यवस्थाको ठाडो उल्लंघन भएको थापाको भनाई छ। मधेसी समुदाय, दलित, महिला र काठमाण्डौलाई उपेक्षा गरिएको थापाको भनाइ छ। जनाधार भएका बरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको थापाको टिप्पणी छ।मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गर्नुभएको थियो।