लिभरपुल र आर्सनलको खेल स्थगित

  • न्युजडेस्क
  • प्रकाशित मिति: पुष २१, २०७८

काठमाण्डौ/ लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ। खेलाडी र कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि बिहीबारका लागि तय भएको खेल स्थगित भएको हो।

लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबारबाटै आइसोलेसनमा छन्। बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो।

लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेको थियो ।

‘दुवै क्लबसँगको पटक पटकको छलफलपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीचको खेल तत्कालका लागि स्थगित गर्दै नयाँ मिति तय गरिएको छ,’ इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’ ‘लिभरपुल र आर्सनलबीचको सेमिफाइनल पहिलो लेग जनवरी १३ र दोस्रो लेग जनवरी २० मा हुनेछ ।’

आज राती हुने पहिलो सेमिफाइनलमा चेल्सीले स्टामफोर्ड ब्रिजमा टोटनहमको सामना गर्नेछ।
-न्युज कारखाना

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved