केराबारी/ मोरङ्गको केराबारी १मा निर्वाचन भएका जति पदमा नेकपा एमालेका उम्मेद्वार प्यानलै निर्वाचित भएका छन्। केराबारी १ मा शरण पिठाकोटे मगरसहित प्यानलै निर्वाचित भएका हुन्।

केराबारी १ मा १ हजार ३ सय ५१ मत खसेकोमा नेकपा एमाले केराबारी गाउँपालिका कमिटिका उपसचिव समेत रहेका मगर ६ सय ६२ मतका साथ बिजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेद्वार हेमचन्द्र लिम्बुले ६सय ४८ मत प्राप्त गरेका छन्।

saran
वडाध्यक्षमा निर्वाचित शरण मगर, तस्विर: सामाजिक सञ्जाल

यस्तै दलित महिला सदस्य ६सय ६६ मत, खुल्ला सदस्य ६सय ५६मत, अर्का खुल्ला सदस्य ६सय ६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी महिला सदस्य बिरुद्द उजुरी परेपछि उनको उम्मेद्वारी खारेजी हुँदा कांग्रेसकी महिला सदस्य निर्वाचित भएकी छन्।

केराबारीमा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यले ६ सय ४५ मत, खुल्ला सदस्य ६ सय ३९ मत र अर्का खुल्ला सदस्यले ६सय ४१मत प्राप्त गरेका छन्।

गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेद्वार सुमन मिरिङ्गचिङ्ग मगरले केराबारी १मा ६सय ७२ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका रोहित कार्कीले ६सय २६ मत प्राप्त गरेका छन्। यसैगरी माओबादी केन्द्रका तिलक मुरी मगरले २०मत प्राप्त गरेका छन्।

यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकी मनमाया मगरले ६सय ६१ मत प्राप्त गर्दा गठबन्धनकी शुभद्रा राईले ६सय ३५ मत प्राप्त गरेकी छन् भने माओबादी केन्द्रकी इन्दिरा दाहालले १८ मत प्राप्त गरेकी छन्।