इटहरी/ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्वबियु र अखिल क्रान्तिकारीले संयुक्त उम्मेद्वारी दिएका छन्। चैत्र ५ गते हुने स्वबियु निर्वाचनका लागि अनेरास्वबियु र अखिल क्रान्तिकारीले संयुक्त उम्मेद्वारी दिएका हुन्।

अनेरास्वबियुका तर्फबाट उज्वल सिग्देल सभापति एवं अखिल क्रान्तिकारीको तर्फबाट अर्जुन पौडेल सचिवको उम्मेद्वार बनेका छन् भने कोषाध्यक्षमा अनेरास्वबियुका तर्फबाट हेमराज खड्का(आदित्य)उम्मेद्वार बनेका छन्।

यसैगरी सदस्यहरुमा अनेरास्वबियुका ऐश्वर्यसेन चौधरी, अब्धी बस्नेत, आदर्श पोखरेल, नेत्रबहादुर बस्नेत र मनिश चौलागाईं अनि अखिल क्रान्तिकारीको तर्फबाट नारायण थापा, सुभाष खत्री र देबि ढकाल (दिया) उम्मेद्वार बनेका छन्।

यसैगरी उपसभापति एवं सहसचिव र केहि सदस्यहरु समानुपातिक मत प्रणालिबाट निर्वाचित हुनुपर्ने प्रावधान रहेको हुँदा दुवै समुहले आ–आफ्ना उम्मेद्वार बनाएका छन्।