संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र ४, २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् ।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन् । पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved