इटहरी/ केहिदिन देखि अधिकांस इटहरीबासीको फेसबुक र टिकटक एकाउण्टमा झिलिमिली बत्तिसहितको ब्याकराउण्ड भएको फोटो भिडियो देखिरहनुभएको होला। त्यो फोटो भिडियो अन्त कतैको नभएर इटहरी ६ र ४ को सिमानामा रहेको संगित चोकको दृष्य हो।

यसरी संगित चोकलाई झलमल्ल बनाउने काम गरेको हो संगित चोक बजार ब्यवस्था समितिले। संगित चोक निवासी उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आँफुहरुले तीन दिनको छोटो अवधिमा गरेको सानो प्रयासले सार्थकता पाएको अनुभव गरेको बताउँदै भन्छन “पाँचलाख मानिसले अवलोकन गरिसके एकदम उत्साहित भएका छौँ, आगामी बर्ष अझै ब्यवस्थित बनाउछौँ”।

अहिले इटहरीमा साँझ परेपछि संगित चोक नपुग्ने अनि त्यहाँ पुगेर फोटो भिडियो नखिच्ने सायदै होलान्।

तस्विरहरु :IMG_3401IMG_3400IMG_3429IMG_3403IMG_3404IMG_3406IMG_3405