के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? यदि त्यसो हो भने यो जानकारी तपाँईको लागि फलदायी हुनसक्छ। यी टिप्सहरु स्मरण शक्ति बढाउन तपाँईका लागि सहयोगी हुनसक्छ। बैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको खास कारण पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन्।

१) दालचिनी, मरिच चिया, कफी तथा बेसार :– बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने बिभिन्न वैज्ञानिक परिक्षणले पुष्टि गरेको छ।

२) ओखर :– जसले दिनहुँ ओखर सेवन गर्छ। उसमा स्मरण शक्तिको बढोत्तरी हुन्छ। ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३) स्ट्रबेरी :– स्ट्रबेरीमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४) दहि :– दहिमा प्रोटिन कार्बोहाइड्रेड, खनिज, चिल्लो पदार्थ, क्याल्सियम तथा फस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले शरिरमा लाभदायी जीवाणुलाई समेत फाइदा पु¥याउँछ भने हानिकारक जीवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहिमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढाउन सहयोग गर्दछ।

५) गोलभेडा :–  गोलभेडामा प्रोटिन, भिटामिन, तथा बिभिन्न प्रकारका लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेडको मात्रा कम हुन्छ । गोलभेडामा हुने लाइकोपिन तत्वले शरिरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६) तुलसी :– मसलाको रुपमा तुलसीको पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्दछ।

७) अलैँची :–अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८) जाइफल :– जाइफलको सेवनले शरिरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने बिशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्दछ।

-एजेन्सीको सहयोगमा