तरहरा/  किराँतहरुको महत्वपूर्ण पर्व उधौलीका अवसरमा मंगलबार सुनसरीको इटहरीस्थित तरहरामा बृहत कार्यक्रम भएको छ। किराँत याक्थुङ्ग चुम्लुङ्ग इटहरी तरहराले कार्यक्रम गरेको हो।

कार्यक्रममा सहभागी भएका लिम्बु समुदायले नृत्य, केलाङ्ग नाच, धान नाच नाच्नुका साथै छेलो हानेका थिए। यस्तै कार्यक्रममा लिम्बुका पूर्खाहरुले प्रयोग गर्ने ढिकि, जाँतो, पेरुङ्गो, थुन्से, आदि प्रदर्शन गरिएको थियो। कार्यक्रममा येवा र साम्बाले नृत्य प्रस्तुत गरेका थिए।

IMG_3975

इटहरी २०का वडाध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरमपुर सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष मनोज तामाङ्ग, बिभिन्न संघ सँस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो।

मंगलबार श्रीजंगा दिवस पनि रहेको र श्रीजंगाको योगदानको कदर गर्दै उहाँलाई स्मरण गरिएको लिम्बु अगुवाहरुको भनाई छ।

IMG_3970

हरेक वर्ष मंसिर पूर्णिमाका दिन शुरु हुने उधौली पर्व मानिस, जीवजन्तु एवम् चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न एवम् अन्नबाली भित्य्राइएको खुशियालीमा मनाउने प्रचलन छ।

किराँतीको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँतीहरुको बिश्वास छ।

IMG_3986

बैशाख पूर्णिमामा उभौली मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्य्राउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्य्राउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । यस पर्वमा भित्य्राइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

हेर्नुहोस केहि तस्विरहरु:-

IMG_3967IMG_3963IMG_3959IMG_3958