इटहरी/ चर्च व्बाईज युनाईटेड काठमाण्डौ, एनआरटी काठमाण्डौलाई हराउँदै १४ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। इटहरी रंगशालामा मंगलबार राती भएको चौथो क्वाटर फाईनलमा एनआरटी काठमाण्डौलाई २–१ले स्तब्ध पार्दै चर्च व्बाईज युनाईटेड काठमाण्डौ सेमिफाईनल प्रवेश गरेको हो।

winnerखेलको पहिलो हाफको ३६औँ मिनेटमा चर्च व्बाईज युनाईटेडका लागि जर्सी नम्बर ३२का अफ्रिकन खेलाडी अवयोमी फ्याकुल्लाले गोल गर्दै खेललाई १–०को अग्रता दिलाएका थिए।football 2पहिलो हाफको ३६मिनेट पछिको खेलमा दुवै टिमबाट आक्रामक खेल खेलेपनि गोल हुन सकेन।

यस्तै दोश्रो हाफको ३७औँ मिनेटमा एनआरटीका जर्सी नम्बर १२का अफिज ओलावालेले गोल गर्दै खेललाई १–१को बराबरी बनाएका थिए। बराबरी बनाएको खुसी साट्न नपाउँदै चर्च व्बाईज युनाईटेड काठमाण्डौका जर्सी नम्बर १४ का सुरजसिंह ठकुरीले १मिनेटको अन्तरालमा टिमका लागि दोश्रो एवं ब्यक्तिगत पहिलो गोल गर्दै खेललाई २–१को अग्रता दिलाएका थिए।

football 1त्यसपछिको खेलमा एनआरटी थप गोल गरेर खेललाई बराबरी बनाउन चाहन्थ्यो भने चर्च व्बाईज युनाईटेड गोल थप्दै गोल अन्तर बढाउने दाउमा थियो। निकै घम्साघम्सी पूर्ण खेल चलेपनि बाँकी समयमा थप गोल हुन सकेन र चर्च व्बाईज युनाईटेडले खेल जित्यो। जित सँगै चर्च व्बाईज युनाईटेडले आयोजक राष्ट्रिय जागृति क्लव सँगको भेट पक्का गरेको छ। अव चर्च व्बाईज युनाईटेडले फाईनल प्रवेशका लागि आयोजक राजा क्लवसँग भिड्नुपर्ने भएको छ।

football 3अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल बनेको चर्च व्बाईज युनाईटेडका जर्सी नम्बर १४ का खेलाडी सुरजसिंह ठकुरी आजको खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैँया र मेडल प्राप्त गरेका छन्। ठकुरीलाई इटहरी उप-महानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले र अन्य अतिथिहरुले पुरस्कृत गरेका थिए।

भोलि बुधबारको पहिलो सेमिफाईनल खेल गत बर्षको बिजेता सगरमाथा युथ क्लव मोरङ्ग र त्रिभुवन आर्मी क्लव काठमाण्डौ बीच साँझ साढे ६बजे शुरु हुनेछ। 

प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।

तस्विर सौजन्य : गुरु ढकाल