इटहरी / १३औं सँस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधी पनि सगरमाथा फुटबल क्लव मोरङ्गले जितेको छ। अघिल्लो सँस्करणको बिजेता सगरमाथाले चर्च ब्वाइज क्लब काठमाण्डौलाई सडन डेथमा हराउँदै जित दोहोर्‍याएको हो।

सगरमाथाले उपाधिसँगै नगद १०लाख, ट्रफि मेडल पाएको छ भने उपबिजेतामा चित्त बुझाएको चर्च व्बाईजले नगद ५लाख, ट्रफि र मेडलमा चित्त बुझाउन बाध्य भएको छ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। सगरमाथाका लागि महेन्द्र कार्की, अभिसेक लिम्बु, राजिव लोप्चन, बिबेक वर्मा अनि अफ्रिकन खेलाडीहरु मेसुके, स्टेफिनले गोल गरेका थिए।

यस्तै चर्च व्बाईजका तर्फबाट अफ्रिकन खेलाडी प्रिसो, फांकलिन, बेम्पा, रञ्जित पाण्डे, मिलन राईले गोल गरे भने जर्सी नम्बर ५का खेलाडी मनोज राईले पेनाल्टी मिस गरेका थिए। उनले पोष्ट बाहिर हानेका थिए।

इटहरी रंगशालामा भएको फाईनल खेलमा बिभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लवले गरेको आत्मघाती गोलको मद्दतले चर्च व्वाईज फाईनल प्रवेश गरेको थियो भने मच्छिन्द्र फुटबल क्लब काठमाण्डौलाई ३–१ले पराजित गर्दै सगरमाथा फाइनलमा प्रवेश गरेको थियो।

आजको खेलको म्यान अफ द म्याच चर्च व्वाईज क्लव काठमाण्डौका जर्सी नम्बर ७का खेलाडी मौसम लिम्बु घोषित हुँदै नगद १०हजारसहित ट्रफी हात पारेका छन्। उनले बेष्ट मिड फिल्डरको उपाधि समेत प्राप्त गरेका छन्। उपाधिका साथमा नगद २०हजार र ट्रफि पनि प्राप्त गरेका छन्।

राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत्र ४ गते शुरु भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा फुटबल क्लवका टिम क्याप्टेन महेन्द्र कार्की भएका छन्। कार्कीले नगद १ लाख रुपैँयाका साथमा ट्रफि हात पारेका छन्। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर सगरमाथाका देव लिम्बु घोषित हुँदै नगद २०हजार र ट्रफि हात पारेका छन्।

यसैगरी बेष्ट डिफेन्स सगरमाथाका बिशाल बस्नेत घोषित हुँदै नगद २०हजार र ट्रफि हात पारे। बेष्ट फरवार्ड सगरमाथाका स्टेफिन घोषित हुँदै नगद २०हजार र ट्रफि हात पारे। बेष्ट कोच सगरमाथाका याम गुरुङ्ग घोषित हुँदै नगद २०हजार र ट्रफि हात पारे।

यस्तै उदयमान खेलाडीका रुपमा राष्ट्रिय जागृति क्लव इटहरीका खेलाडी असिम राई घोषित हुँदै ३२इञ्चको एलईडि टिभि हात पारे।

यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि मच्छिन्द्र फुटबल क्लवका खेलाडी अफिज ओलावाले घोषित हुँदै नगद २०हजार र ट्रफि हात पारेका छन्।

बिजेता र उपबिजेता साथै बिधागत पुरस्कार पाउनेहरुलाई इटहरीका बिभिन्न वडाका वडाध्यक्ष एवं बिभिन्न लब्धप्रतिष्ठित ब्यक्तिहरुले पुरस्कृत गरेका थिए।

आजको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई निमन्त्रणा गरिएपनि बिशेष कारणबश आउन नसकेको आयोजकले जनाएको छ।