इटहरी/ त्रिभुवन आर्मी फुटवल क्लव काठमाण्डौ सुनसरीको इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा रोलिङ क्लव झापालाई ४–१ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो।

इटहरी रंगशालामा भएको चौथो क्वाटरफाईनल खेलमा आर्मीका जर्सी नम्बर ३२का दिपक गुरुङले खेल शुरु भएको दोश्रो मिनेटमा गोल गर्दै खेललाई शुरुआती अग्रता दिलाएका थिए।

पहिलो हापको अन्तिम समयमा आर्मीका जर्सी नम्बर १५का दिनेश हेमजङ्गको पासमा जर्सी नम्बर १०का टिम क्याप्टेनसमेत रहेका जिलेस्पीजंग कार्कीले गोल गर्दै खेललाई २-०को अग्रता दिलाएका थिए। आर्मीले २-०को अग्रता लिँदै खेलको पहिलो हाप सकिएको थियो।

यस्तै सेकेण्ड हापको १७औँ मिनेटमा आर्मीका जर्सी नम्बर १७का सुदिल राईले गोल गर्दै खेललाई ३-०को गोल अन्तर बनाएका थिए।

सेकेण्ड हापको २०औँ मिनेटमा आर्मीका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै झापाबाट खेलेका बिदेसी खेलाडी ड्याडीले गोल गरेर गोल अन्तर घटाउँदै ३-१ बनाएका थिए।

गोल अन्तर अझै घटाउन प्रयासरत झापाका खेलाडीले थप खोल खान नदिएपनि सेकेण्ड हापको अन्तिम समयमा आर्मीका जर्सी नम्बर १३ का पदम मोक्तानले गोल गरेर खेललाई ४–१मा पुर्‍याएका थिए।

आजको खेलको म्यान अफ द म्याच आर्मीका टिम क्याप्टेन जिलेस्पी जंग कार्की घोषित हुँदै नगद १० हजार र मेडल प्राप्त गरे। उनलाई पर्यटन ब्यवसायी तेजबहादुर पुरी र ब्यवसायी देशबन्धु कार्कीले पुरस्कृत गरेका थिए। IMG_8946

आजको बिजेता त्रिभुवन आर्मी क्लव आयोजकलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको चर्च व्बाईज युनाईटेड काठमाण्डौसँग फाईनल प्रवेशका लागि बुधबार खेल्नेछ।

भोलीको पहिलो सेमिफाइनल खेल गत बर्षको लिग बिजेता मच्छिन्द्र क्लव काठमाण्डौ र गत बर्षको इटहरी गोल्डकप बिजेता सगरमाथा फुटबल क्लव मोरङ्गका बीच हुनेछ।

चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपबिजेता टिमले ५ लाख रुपैया पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।

यसअघिका खेल छुटाउनुभएको छ भने तपाँईका लागि :-
सोमबारको खेल : पाहुना टिम कञ्चनजंगालाई ५-२ले हराउँदै मच्छिन्द्र क्लव सेमिफाईनल प्रवेश
आईतबारको खेल : चर्च ब्वाइज क्लब आयोजकलाई हराउँदै इटहरी गोल्डकपको सेमिफाईनलमा
शनिबारको उद्घाटन खेल : क्यामरुनलाई हराउँदै सगरमाथा फुटबल क्लव, इटहरी गोल्डकपको सेमिफाईनलमा